×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विमा

जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी

जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबीमा अहिलेसम्म बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ बराबरमा भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो अद्यावधिक तथ्यांक अनुसार ३ हजार ३ सय १६ वटा आवेदनबाट २३ अर्ब ४७ करोड बीमा दाबी परेकोमा अग्रिम भुक्तानी समेत गरेर ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको हो । 

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कुल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब ५ करोडमध्ये करिव ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिव १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कुल २२६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख दाबी रकममध्ये करिव ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।

 
 

प्रतिकृया दिनुहोस्