×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

गोठाटारमा भएको आगलागीमा १४ वटा पसलहरु जले, थप विवरण आउन बाँकी

गोठाटारमा भएको आगलागीमा १४ वटा पसलहरु जले, थप विवरण आउन बाँकी

काठमाडौं । गोठाटारमा भएको आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् । शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।

आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

आगलागीमा क्षति भएका पसलहरु  

१.ओम काष्ठ मिल उद्धोग

२.रिकन्डिसन एण्ड हेल्मेट पसल

३.बासु फर्निचर पसल

४.घिसिङ अटो रिकन्डिसन

५.रङ पसल

 ६.प्रेम गौतम रिकन्डिसन

७.मोबाईल पसल

 ८.हार्डवयर पसल

९.मिठाई पसल

१०.चिया पसल

 ११.हिमेस गौतमको फर्निचर पसर

 १२.चटपटे एण्ड किराना पसल

१३.कस्मेटिक पसल

१४.स्टेशनरी पसल ।

प्रतिकृया दिनुहोस्