×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझायो

सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझायो

काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरूलाई अहिले प्रहरी हिरासतमा राखिएको छैन ।

उनीहरू दुवै जनालाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ । अहिले उनीहरूलाई त्यही राखिएको स्रोतले  जानकारी दियो ।

‘नियन्त्रण गरेर ल्याउनु भन्ने आदेश आएपछि सोही अनुसार भएको हो । उहाँहरू अहिले हाम्रो हिरासतमा हुनुहुन्न । हामीले प्रधानमन्त्री कार्यालयमा बुझाएका हौं,’ स्रोतले भन्यो ।

सुनकोशी मरिण ठेक्काको विषयलाई लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने आकलन गरिएको छ ।

यसअघि यो आयोजनाको ठेक्का सिँचाइ विभागले तोडेको थियो । गत वर्ष कात्तिकमा अन्तरिम सरकारका पालामा पटेल-रमण जेभीसँगको ठेक्का तोडिएपछि हालसम्म लाग्न सकेको छैन । नयाँ ठेक्काको प्रक्रिया चलिरहेको बेला विभागका महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिकृया दिनुहोस्