×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

कतारले दियो १३ नेपालीलाई आममाफी, सरकारद्वारा आभार व्यक्त

कतारले दियो १३ नेपालीलाई आममाफी, सरकारद्वारा आभार व्यक्त

काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।

यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्