×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

२१.१९ अंकले घट्यो सेयर बजार

२१.१९ अंकले घट्यो सेयर बजार

काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनापछि मंगलबार सेयर बजार ४८ अंक बढे पनि बुधबार फेरि २१.१९ अंक घटेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक २६१२ अंकमा कायम भएको छ । सोमबार साँझ अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका छन् । जसको उत्साह मंगलबार मात्रै देखियो । बुधबार दिनभरजसो बजार रातो अंकमा रह्यो ।

कारोबार रकम पनि आज घट्यो । अघिल्लो दिन ८ अर्ब २९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।

सबै समूहगत सूचक घटेका छन् । बैंकिङ ०.६३, विकास बैंक ०.७३, फाइनान्स ०.७६, होटल तथा पर्यटन ०.८५, जलविद्युत् १.०४, लगानी ०.८१, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.९१, अन्य ०.८७ र व्यापार ०.७० प्रतिशत घटे ।

आज ४२ कम्पनीको मूल्य बढ्दा २२५ को घटेको छ भने १२ को स्थिर रह्यो । नारायणी डेभलपमेन्ट बैंकको ६.३७, हिमाल दोलखा हाइड्रोपावरको ५.३१, माउन्ट एभरेस्ट पावरको ४.३८, कालिका लघुवित्तको ४.३४, बोटलर्स नेपाल बालाजुको ३.५९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै रिजलाइन इनर्जीको ५.२१, नेपाल वेयर हाउजिङकोे ४.९६, स्वाभिमान लघुवित्तको ४.५८, सिन्धु विकास बैंकको ४.४४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, लिबर्टी इनर्जी तथा एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहे ।

प्रतिकृया दिनुहोस्