काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक हजार बढेर प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।