×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

काठमाडौं । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।

सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने भन्नेबारे टुंगो हुन्छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदबाट हटाएर उक्त पदमा एआइजी मनोज केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त पदमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

प्रतिकृया दिनुहोस्