×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भोलि दिउँसो तीन घन्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

भोलि दिउँसो तीन घन्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागेको जनाएको छ ।

योजनाका अनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।

निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सवारी आवागमनमा रोक लागिएको हो ।

सडक योजना कार्यालयले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ । साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ।
 

प्रतिकृया दिनुहोस्