आजदेखि एभरेष्ट महिला भलिबल लिग
असोज १४, २०८१काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगिता असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । मधेश युनाईटेड, काठमाडौं स्पाईकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्दैछ ।
सबै पढ्नुहोस