×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारबारे धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्नेमा भन्दा बाहिरी कुरामा भएको बताएका हुन्।

‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिन ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने हैन ?,’ उनले भने, ‘यी सबको कारण विश्वासको संकट हो। सरकारको पोलिसी यस्तो छैन। सब थुरथुर छन् कर्मचारी थुरथर, व्यवसायी थुरथर। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक निकायको हालत हेर्नुस् त।’

उनले सरकारले शिथिल अर्थतन्त्र सुधारका लागि सहयोग मागे दिन तयार रहेको पनि बताए।

‘शिथिल भएको इकोनोमीलाई तर्साएर हैन भरोसा र विश्वास दिनुपर्ने हो। अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्दैनौं,’ उनले सरकारलाई भने ‘यस्तो अपोजिसन पाउनु भएको छ( बिल पास गर्न चाहनु भएको- अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हो। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौं। अर्थतन्त्र सुधारको काम गरौँ भन्नु त हामी सहयोग गर्न तयार छौं।’

प्रतिकृया दिनुहोस्