×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ल्यान सिद्ध कुमाख गाउँपालिका-२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

जिप चालक सल्यान, सिद्ध कुमाख गाउँपालिका-२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्