×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि वारेसको अनुमति दिएको हो ।

पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ । डेढ वर्षदेखि त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रतिकृया दिनुहोस्