काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।
डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको हो ।
नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको जनाइएको छ । नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको छ ।
प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यालय इन्चार्ज थिए ।उनी गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि विभागीय कारबाहीमा परेका थिए ।