×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार यादवले ‘बाइनान्स’ एपमार्फत ठूलो मात्रामा अवैध क्रिप्टो कारोबार र अनलाइन सट्टेबाजी (बेटिङ) गराउने गरेको विशेष सूचना प्राप्त भएको थियो । 

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गर्दा उनले बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार गरेको खुलेको हो । प्रति डलर १५१.५३ रुपैयाँको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन आउँछ ।

यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा पक्राउ गरी थप कारबाहीका लागि काठमाडौं ल्याइएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ र दफा २६२ (क) १ अन्तर्गत ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा मुद्दा अघि बढाइएको छ ।

यस सम्बन्धमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बिहीबार जानकारी दिए ।

प्रतिकृया दिनुहोस्