×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

असोज १५ भित्र बजेट पारित गर्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग

असोज १५ भित्र बजेट पारित गर्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले असोज १५ गतेभित्र प्रदेशसभाबाट बजेट पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको हो ।

दसैँ नजिकिँदै गएको अवस्थामा बजेट शून्यताका कारण सरकारका अत्यावश्यक सेवा प्रवाहसमेत प्रभावित भइरहेको भन्दै बैठकले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा विकास निर्माण, सार्वजनिक सेवा तथा नियमित प्रशासनिक काम प्रभावित हुने अवस्था सिर्जना भएको बताए ।

यस्तै, प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई बेवास्ता गर्दै आएको वर्तमान सरकारको कार्यशैलीप्रति समेत बैठकले ध्यानाकर्षण गराएको छ ।

बजेट शून्यताको अवस्था लामो समयसम्म कायम राख्न नहुने कांग्रेसको निष्कर्ष निकालेको छ । शाह नेतृत्वकै सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि बजेट फेल भएर प्रदेश शून्यतामा गएको थियो ।

प्रतिकृया दिनुहोस्