×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनको घोषणा

महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनको घोषणा

रोल्पा। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति पुन रोल्पा प्रतिनिधि सभा क्षेत्र १ बाट आइतबार महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

पुनले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने बताएका छन् । पुनले उक्त महाधिवेशनमा आफू महामन्त्री पदमा उठ्ने बताएका हुन्। ‘म महामन्त्रीमा उम्मेदवारी दिन्छु’, पुनले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट आफू काठमाडौं आइसकेको र थप छलफलहरू भइरहेको छ।’

उनले कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने इच्छा रहेको र नेता कार्यकर्ताहरूले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पुन २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा शेखर कोइराला(गगन थापा प्यानलबाट लुम्बिनी प्रदेशको सभापतिमा निर्वाचित भएका हुन्। उनी लुम्बिनी प्रदेशबाट विशेष महाधिवेशनको कित्तामा उभिने प्रदेश सभापति समेत हुन् ।

विशेष महाधिवेशन पक्षमा उभिएका लुम्बिनी प्रदेशका सभापति पुन गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुसँग मञ्च कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १८ देखि काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुँदैछ।

प्रतिकृया दिनुहोस्