×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

छलफलमा जुटे जनार्दन, सीके र उपेन्द्रसहितका नेताहरू

छलफलमा जुटे जनार्दन, सीके र उपेन्द्रसहितका नेताहरू

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् ।

सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् ।

छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको जानकारी प्रलोपाका संरक्षक जनार्दन शर्माले दिए । ‘हामी छलफलकै चरणमा छौं । केही निचोड आएपछि जानकारी गराउँछौं, ’ संक्षिप्त कुराकानीमा शर्माले भने ।

जसपा नेपालका अध्यक्ष यादवले पनि छलफलमा रहेको बताए । यद्यपि निष्कर्ष केही नआएको र निचोडबारे पछि जानकारी गराइने उनले बताए ।

प्रतिकृया दिनुहोस्