×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

घट्यो सेयर बजार, बढ्यो कारोबार

घट्यो सेयर बजार, बढ्यो कारोबार

काठमाडौं । अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको सेयर बजार सोमबार १.२० अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६८४ अंकमा कायम भएको छ । दिउँसो कारोबारको अधिकांश समयमा नेप्से हरियो रहे पनि अन्तिमतिर केही खस्कियो ।

आज कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।

आज १२६ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ७ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.२६, विकास बैंक ०.२३, होटल तथा पर्यटन ०.०१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जलविद्युत् समूह स्थिर अंकमा रह्यो ।  फाइनान्स ०.२९, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५७, अन्य ०.८३ तथा व्यापार ०.३३ प्रतिशत घटे ।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो । सो समूहका कम्पनीको १ अर्ब ६० करोडको कारोबार हुँदा वाणिज्य बैंक समूहको ८१ करोड ५४ लाखको करोडको भयो ।

सूचीकृत भएदेखि नै लगातार बढेको एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ११.७७, माहुली लघुवित्तको ७.१६, श्रीनगर एग्रिटेकको ४.१३, सागर डिस्टिलरीको ४.०९ प्रतिशत मूल्य बढ्यो ।

रिलायन्स स्पिनिङ मिल्सको मूल्य ७.४० प्रतिशत घट्यो । सालपा विकास बैंकको ४.३१, भगवती हाइड्रोपावरको ३.३६ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

प्रतिकृया दिनुहोस्