×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते एक जनाको मृत्यु

सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए ।

‘मृत्यु भएको भन्ने खबर आएको छ । औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौं,’ सहायक सीडीओ बरालले भने ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उनका अनुसार, थप विवरण भने आउन बाँकी छ । सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्