×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

बाक्लो हुस्सुका कारण सिमरा, राजविराज र जनकपुर विमानस्थल बन्द

बाक्लो हुस्सुका कारण सिमरा, राजविराज र जनकपुर विमानस्थल बन्द

काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवामा आंशिक अवरोध देखिएको छ। बाक्लो हुस्सुका कारण हाल सिमरा, राजविराज र जनकपुर विमानस्थलमा उडान हुन सकेको छैन । यी तीनबाहेक अरु सबै विमानस्थलमा उडान सुचारु रहेको छ ।

काठमाडौंबाट हुने उडानमा कुनै समस्या नरहेको भएपनि गन्तव्य विमानस्थलमा विहानको हुस्सुका कारण ढिलो गरेर मात्रै उडान हुने गरेको छ ।

काठमाडौंबाट हुने विहीबारको उडानमा सबै सिमरा, राजविराज र जनकपुरमा ११ बजेसम्म उडान भएको छैन भने बाँकी सबै विमानस्थलमा उडान भइरहेको छ । 

प्रतिकृया दिनुहोस्