×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो

बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।

कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको उनले बताए । कारमा कति मान्छे सवार थिए भन्ने यकिन नरहेको उनको भनाइ छ ।

प्रहरीलाई आएको सूचनाअनुसार बसको ठक्करबाट कार नदीमा खसेको बताइएको छ । नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बर समेत खुल्न बाँकी रहेको एसपी सिंहले बताए ।

प्रतिकृया दिनुहोस्