नेपालको लगातार तेस्रो जित, समूहविजेता बन्दै क्वाटरफाइनलमा
असार ३०, २०८३काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै समूहविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको अर्को फराकिलो जित हासिल गरेको हो । नेपालले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो । वोङ विङले सर्वाधिक १३ रन बनाइन् । अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालक
सबै पढ्नुहोस