बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसद्मा संकल्प प्रस्ताव
भदौ २९, २०८३काठमाडौं । बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसद्मा संकल्प प्रस्ताव पुगेको छ । नेकपा एमालकी सचेतक निता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा, र पार्वती विक समर्थक रहेका छन् । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा १६ मा छ ।
सबै पढ्नुहोस