प्रचण्ड बने नेकपाको संसदीय दलको नेता
चैत १५, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । नेकपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए । यस निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट गरेर कुल १७ सिट जितेको छ ।
सबै पढ्नुहोस