×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस देउवा पक्षको निर्णय : आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

कांग्रेस देउवा पक्षको निर्णय : आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ। सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो।

यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।

संस्थापन इतर समूहले भने आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको हो।

बैठकपछि नेता डा प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आज सोमबार चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो।

त्यस्तै संस्थापन इतर समूहले आज आकस्मिक बैठक पनि बोलाएको छ। बैठक सम्पर्क कार्यालय चुनदेवीमा बस्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्