×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

स्पेनमा दुई वटा रेल ठोक्किदा दर्जनौंको मृत्यु

स्पेनमा दुई वटा रेल ठोक्किदा दर्जनौंको मृत्यु

काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्