×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह ८ खर्ब ७० अर्ब पुगेको छ। मंसीर महिनामा गत वर्षको सोही महिनाको तुलनामा ३५.६ प्रतिशतले रेमिट्यान्स बढेको तथ्यांक हालै राष्ट्र बैंकले सार्वजनिक गरगेको छ ।

देशमा रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगारको खोजीमा विदेशिदा रेमिट्यान्स रकम हरेक महिना चुलिँदै गएको छ । २०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्ष मंसीर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रकम रेमिट्यान्सको रुपमा भित्रिएको थियो ।

चालु आवमा भित्रिएको रकमलाई डलरमा गणना ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ३।४ प्रतिशतले मात्रै डलर रेमिट्यान्स बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ मात्रै थियो । मंसीरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

प्रतिकृया दिनुहोस्