×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । 

यसैगरी युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

स्विस फ्रैन्क एकको खरिददर १८४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४० पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिकृया दिनुहोस्