×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

मुगु प्रशासनले भन्यो : केही दिन पदयात्रा नगर्नु, जडिबुटी संकलनमा नजानु

मुगु प्रशासनले भन्यो : केही दिन पदयात्रा नगर्नु, जडिबुटी संकलनमा नजानु

मुगु । बंगालको खाडीमा बनेको चक्रवातको प्रभावले आगामी कात्तिक १२, १३ र १४ गते नेपालमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले उच्च सतर्कता अपनाउन जिल्लाबासी तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

संभावित धनजनको क्षति न्यूनीकरण गर्न अति आवश्यक काम बाहेक पदयात्रा नगर्न र सम्भावित विपद्बाट बच्न प्रशासनले विशेष अनुरोध गरेको छ । 

 जिल्ला प्रशासन कार्यालय मुगुबाट सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचनामा कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली भेगहरूमा पदयात्रा नगर्न, जडीबुटी सङ्कलनको समय भएकाले सो अवधिमा सङ्कलन कार्य स्थगित गरी सुरक्षित बासस्थानको व्यवस्था मिलाउन र मौसमसम्बन्धी जानकारीप्रति सचेत रहन आग्रह गरिएको छ ।

त्यस्तै, प्रशासनले सुरक्षा र उद्धार टोली तैनाथ गरी सम्पूर्ण सुरक्षा निकायहरू खोज तथा उद्धारका लागि उच्च तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ । 

साथै सबै स्थानीय तहले आफ्नो क्षेत्रका जोखिम बस्तीहरूमा सतर्कता बढाउने र आपत्कालीन सामग्री तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस्