×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज ११ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाला सुनको मुल्य २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले घटेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्