काठमाडौं । आज सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । आज चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्यले गत पुस १४ गते कायम तोलको ४ हजार ९ सय ३५ रुपैयाँको मूल्य मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।