छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने
भदौ २६, २०८३काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न छ वटा संसदीय समितिको बैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको २९ औं बैठक बिहान ९ः३० बजे बस्दैछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुने कार्यसूची छ । छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकका अधिकारीहरूलाई आमन्त्रण गरिएको छ ।
सबै पढ्नुहोस