×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको हो ।

पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिए ।

इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ अन्तरर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुईकेलले बैठक बोलाइएको पुष्टि गरेका छन् ।

उनकाअनुसार दिउँसो २ बजे बस्ने बैठकपछि अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी चुनदेवीले गरेको छ । बैठकअघि सोमबार बिहान इतर समूहका नेताहरूबीच महाराजगञ्जस्थित देउवा निवासमा छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्