×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ । मतदानको सम्पूर्ण तयारी पूरा नभएसँगै दिउँसो १ बजेका लागि तय भएको मतदानको समय पुन सरेको हो ।

महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा मतदान हुन लागेको हो । आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिएको थियो ।

यद्यपि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि मतदानको समय सारेको थियो । अहिले पुन २ बजेबाट मतदान हुनेगरी निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेको उपसभापतिका समावेशी उम्मेदवार रन्जित कर्णले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्