×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला

दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ कोइरालाले भनेका छन्, ‘यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’

आफूले विगतमा पनि यस्तै प्रयत्न गरेको र अहिले पनि त्यही काममा लाग्ने जिकिर गरेका छन् । उनले यो मध्यमार्गी बाटो कठिन भएको तर सत्य पनि यही भएको जिकिर गरेका छन् ।

‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ कोइरालाले भनेका छन्, ‘यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’

आफू आरोपित भइरहेको तर कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने सिपाही आफू रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्