×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् ।

आयोगले नेतृ गौतम पाँच हजार ११६ मतसहित महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी जनाएको छ । आयोगका अनुसार प्रतिष्पर्धी बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्