×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८८ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १९ पैसा र बिक्रीदर २०७ रुपियाँ ०० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८६ पैसा र बिक्रीदर १०८ रुपियाँ २८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३९ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४३ पैसा र बिक्रीदर ११९ रुपियाँ ८९ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०९ पैसा र बिक्रीदर ४१ रुपियाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ३० पैसा र बिक्रीदर ४२ रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ । 

प्रतिकृया दिनुहोस्