काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना आउने क्रम सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुगेकी छन् ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले महासचिव काम्बिवाको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
‘नेपाली काग्रेसको महाधिवेशनमा भागलिन आउनु भएकी सोसलिस्ट इन्टरनेसनलका महासचिव चान्टल काम्बिवालाई नेपाली काग्रेसको तर्फबाट नेपालमा हार्दिक स्वागत गर्दै,’ उनले तस्वीरसँगै लेखेका छन् ।
कांग्रेसले १८ असोजमा हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकहरूबाट पाहुनालाई आमन्त्रण गरेको छ ।