जीटुजी माध्यममा २५ हजार टन डीएपी मल खरिद गर्ने सरकारको निर्णय
भदौ १२, २०८३काठमाडौं । सरकारले भारतसँग ‘जीटुजी’ (सरकार/सरकार) प्रक्रिया मार्फत २५ हजार टन डीएपी मल खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गर्दै भारत सरकारसँग सम्झौता गरी सिधै मल ल्याउने बाटो खुला गरिएको जानकारी दिए ।
सबै पढ्नुहोस