अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना
असार ३०, २०८३काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् । सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरले सेवा निरन्तरताको माग गरिरहेका छन् । उनीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका छन् ।
सबै पढ्नुहोस